काठमाडौँ । किर्ते कागज देखाएर जेलबाट निस्किएको आरोप लागेका रवि लामिछाने पुन: जेल फर्किएका छन् । उनी जन्मदिनकै दिन जेल फर्किएका हुन् ।
सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा बाहिर निस्किएका उनी निस्किएपछि जेनजी अभियानताहरुले नै विरोध गरेका थिए । उनी जेलबाट निस्किएपछि देशभर जेलबाट कैदीहरु निस्किने अभियान नै चलेको थियो । अन्तत: उनी फर्किएका छन् ।
उनी जेल फर्किने क्रममा कागजी प्रक्रिया चल्दै गर्दा प्रहरीहरुले उनलाई ‘हेप्पी बर्थ डे’ भन्दै शुभकामना दिएका थिए । उनी जेल फर्किन लागेको खबरले नख्खु भित्र रहेका कैदी बन्दीहरुले पनि हेप्पी बर्थ डे भन्दै नाराबाजी गरेको प्रहरीहरुको दाबी छ ।