काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरेर जेल हाल्न माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश पोष्ट गर्दै हमालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँगै भ्रष्टाचार गर्नेको सम्पत्ति एक हप्ताभित्र राष्ट्रियकरण गरेर भ्रष्टाचारीलाई जेल हाल्न माग गरेका हुन् ।
त्यस्तै, उनले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेकाहरु र घाइतेहरुको विवरण यकिन गरी सार्वजनिक गर्न पनि माग गरेका छन् । सँगै उनले प्रधानमन्त्री कार्कीलाई सफलताको शुभकामना समेत दिएका छन् ।