काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा निधन भएकाहरुलाई प्रति परिवार १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उक्त घोषणा गरेको हो ।
आइतबार पदभार ग्रहण गर्दै कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी छिन् ।
सरकारले आन्दोलनमा निधन भएकाहरुलाई प्रति परिवार १० लाख दिने निर्णय भएको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिएका छन् । त्यस्तै, सरकारले निधन भएकाहरुलाई शहिद घोषणा गर्ने पनि निर्णय गरेको छ ।