काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले गल्ती गर्नेलाई कुनै हालतमा नछोड्ने बताएका छन् । पदभार ग्रहणपश्चात कर्मचारीहरुलाई निर्देशन दिँदै अर्थमन्त्रीले विगतमा गल्ती गरेकालाई नछोड्ने बताएका हुन् ।
उनले जानेर गल्ती गर्न हुँदै नहुने भन्दै नजानेर पनि गल्ती नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
त्यस्तै, उनले विगतमा गल्ती गरेकाहरुलाई पनि नछोड्ने बरु अनुसन्धानका दायरामा ल्याएर कारवाही गर्ने बताएका छन् । उनले आफू १४–१५ घण्टा मन्त्रालयमै बसेर काम गर्ने भन्दै कर्मचारीहरुलाई पनि सोही अनुसार तयार रहन निर्देशन दिएका छन् ।