Skip to content
LAXMI SUNRISE BANK

धुलिखेल अस्पतालमा मृत्यु भएका बृद्धको परिवारमा कोरोना संक्रमण, संक्रमितहरु होम आइसोलेसनमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे । कोरोनाका कारण धुलिखेल अस्पतालमा मृत्यु भएका बृद्धको पुरै परिवारमा कोरोना संक्रमण पुष्टी भएको छ । बृद्धको परिवारका  ७  सदस्यमा कोरोना संक्रमण पुष्टी भएको हो । धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको थियो । बृद्धको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसपछि परिवारका सदस्यहरुको परीक्षण गर्दा संक्रमण देखिएको छ । 
त्यसैगरी धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारी ६ जनामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK