×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साढे ८ बजे नै काममा पुगे अर्थमन्त्री, धमाधम लिँदैछन् ब्रिफिङ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साढे ८ बजे नै काममा पुगे अर्थमन्त्री, धमाधम लिँदैछन् ब्रिफिङ !

Artha Sarokar

३१ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल साढे ८ बजे नै काममा पुगेका छन् । सोमबार नयाँ अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गरेका खनाल मंगलबार अर्थात पदभार ग्रहण गरेको भोलिपल्टै साढे ८ बजे अर्थ मन्त्रालय पुगेका हुन् । 

उनी अफिस टाइम भन्दा अघि नै अर्थ मन्त्रालय पुगेर प्रगति, योजना र अन्य कामहरु ब्रिफिङ लिन सुरु गरिसकेका छन् । 

यसो त नयाँ अर्थमन्त्री खनालले पदभार ग्रहण गर्दै मुलुकको वर्तमान परिस्थितिमा थुप्रै काम गर्नुपर्ने बताएका थिए । उनले अर्थ मन्त्रालयमा रहेर १४-१५ घण्टा काम गर्नुपर्ने र त्यसका लागि तयार रहन कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए । त्यसको भोलिपल्टै उनी साढे ८ बजे नै अर्थ मन्त्रालय पुगेर काम सुरु गरेका छन् । 

साढे ८ बजे नै मन्त्री काममा आएको देख्दा आफूहरुमा पनि काम गर्ने जाँगर चलेको अर्थ मन्त्रालयका कर्मचारीहरुले बताएका छन् । ‘मन्त्रीज्यू साढे ८ बजे नै मन्त्रालय पुग्नुभयो । मन्त्रालय पुगेर उहाँले ब्रिफिङ लिन सुरु गर्नु भएको थियो ।’, अर्थ मन्त्रालयका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘मन्त्रीज्यूको कामप्रति लगाव देखेर हामीलाई पनि काम गर्ने जाँगर चलेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी