Skip to content
LAXMI SUNRISE BANK

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु, संक्रमितको उपचारमा खटिएकाहरु क्वारेन्टाइनमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । कोरोनाका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिएका छन् । 
वृद्धलाई उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो । समस्या बढ्दै गएपछि उनलाई भदौ १ गते आईसीयूमा भर्ना गरिएको थियो । स्वाब परीक्षण गर्दा सोमबार उनमा कोरोना पोजेटिभ देखिएको हो । वृद्धको उपचारमा खटिएका डाक्टरदेखि इमर्जेन्सी वार्डका स्वास्थ्यकर्मी गरी १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने इमर्जेन्सी वार्ड बन्द गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK