काठमाडौँ । कर बुझाउनुपर्ने समय एक महिना थप भएको छ । यसअघि भदौ २५ गतेसम्म कर नबुझाए जरिवाना लाग्ने गरे पनि हाल सो समय एक महिना थप गरिएको हो । अर्थात अब असोज २५ गतेसम्म कर बुझाए हुनेछ ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा अन्तःशुल्क, आयकर, मुल्य अभिवृद्धि कर तिर्ने समय सारिएको आन्तरिक राजश्व विभागका एक अधिकारीले बताएका छन् ।
जेनजी आन्दोलनका कारण देशमा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै कर तिर्ने समय थप गरिएको विभागका अधिकारीको भनाई छ । यो निर्णयले निजी क्षेत्रलाई ठूलो राहत हुने भन्दै अर्थमन्त्री रामेश्वर खनाललाई व्यवसायीहरुले धन्यवाद दिइरहेको छन् ।