काठमाडौँ । धेरैपछि बिहीबार सेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचना नै जारी गरेर बिहीबार (असोज २ गते)देखि कारोबार सूचारु हुने जनाएको हो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण सेयर बजार भदौ २४ गतेदेखि बन्द गरिएको थियो । त्यसयता हालसम्म बजार बन्द नै छ ।
आन्दोलनका कारण बन्द गरिएको बजार बुधबारदेखि खोल्ने तयारी गरिएको थियो । तर, सरकारले असोज १ गते (बुधबार) शोक बिदा दिएसँगै सो दिन खुल्ने भनिएको सेयर बजार बिहीबार खुल्ने भएको छ ।
तर, बिहीबार खुलेको सेयर बजार त्यसपछि भने फेरि पटक पटक बन्द रहनेछ । बिहीबार खुलेको बजार लगत्तै शुक्रबार र शनिबार नियमित रुपमा बन्द रहनेछ । त्यसपछि दशैँको बिदा लगायतका बिदा परेकाले बजार पटक पटक बन्द रहनेछ ।