काठमाडौँ । भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल भ्रष्टाचारीविरुद्ध एक्सनमा उत्रिएका छन् । उनले घुस माग्ने कर्मचारीलाई धमाधम कारवाही गर्न थालेका छन् ।
सोमबार अर्थमन्त्री खनालले मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो भए वा कर्मचारीले घुस मागे सिधै इमेल गर्न आग्रह गरेका थिए ।
सो आग्रह गरेको ६ घण्टामै अर्थ मन्त्रालयको इमेलमा १ सय ६६ वटा गुनासो आएको थियो । त्यसमध्ये दुई दर्जन इमेलको अर्थमन्त्रीले जवाफसमेत दिइसकेको बताइएको छ ।
अर्थ मन्त्रालयको इमेलमा आएका गुनासो भेरिफाइ गर्दै अधिकांशलाई कारवाही गरिसकिएको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै, केहीलाई जागिरबाट बर्खास्त नै गर्ने तयारी गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् । बाँकी इमेलको जवाफ तत्काल दिइने र कारवाही प्रक्रिया अघि बढाउने ती अधिकारीले बताएका छन् ।