काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खुल्ने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेका अर्यालले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले अहिलेको सरकार सुशासनको म्यान्डेट बोकेर अघि बढेको भन्दै विगतमा राजनीतिक कनेक्सनकै कारण रोकिएका अनुसन्धानका फाइल पुनः खोलिने बताएका छन् ।
विगतमा कनेक्सनकै कारण विभिन्न अपराधका अनुसन्धानमा अवरोध सृजना गरिए पनि अब आफूहरुले सो अवरोध फुकाएर अनुसन्धान अघि बढाउने अर्यालको भनाई छ । उनले सोही अनुसार निर्देशन दिएको पनि बताएका छन् ।