काठमाडौँ । सरकारले पूर्वपदाधिकारीले कानूनविपरीत लिइरहेको सुविधा खोस्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानूनविपरीत लिइरहेको सुविधा खोस्न निर्देशन दिएको हो ।
अर्थ मन्त्रालयले पठाएको पत्रमा कानूनविपरीत लिइरहेका सवारी सधान, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा पनि रोक्न भनिएको छ ।
यसो त असोज ५ गते बसेको मन्त्रिपरिषदको बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्न विभिन्न निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका गर्ने क्रममा अर्थले गृह र रक्षा मन्त्रालयलाईसमेत पत्राचार गरेको हो ।