×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंकको डिडिए सकियो, कर्णालीको सेयर होल्ड गरेकाको सम्पत्ति स्वाहा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कर्णाली डेभलपमेन्ट बैंकको डिडिए सकियो, कर्णालीको सेयर होल्ड गरेकाको सम्पत्ति स्वाहा !

Artha Sarokar

१३ आश्विन २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको ‘ड्यु डिलिजेन्स अडिट’ (डिडिए) सकिएको छ । डिडिए रिपोर्टमा बैंक गम्भीर संकटमा रहेको देखिएको छ । 

रिपोर्टमा बैंकको प्रारम्भिक वित्तीय विवरण नेटवर्थ एक अर्ब ९० करोड ७३ लाख १७ हजार रुपैयाँ ऋणात्मक छ । तर, आवश्यक समायोजन र मूल्यांकपछि नेटवर्थ अझै बढेर दुई अर्ब ४६ करोड ७७ लाख ४४ हजार रुपैयाँ ऋणात्मक पुगेको छ । यसले बैंक गम्भीर संकटमा रहेको प्रष्टाउँछ ।

अर्कोतर्फ बैंकमा ऋणको अत्याधिक दुरुपयोग भएको, अनधिकृत कर्जा प्रवाह गरिएको र सम्पत्तिको ओभर भ्यालुएसन गरिएका तथ्य पनि रिपोर्टले खुलासा गरेको छ । रिपोर्टका अनुसार बैंकमा एक अर्ब ५० करोड २२ लाख ६७ हजार रुपैयाँ अपव्यय र अनधिकृत लेनदेन गरेको पनि फेला परेको छ । 

त्यस्तै, बैंकले साधारण सभा नगरेको, सेयर बजार नियामकमा आवश्यक प्रतिवेदन नबुझाएको र कद समेत समयमा दाखिला गरेकोजस्ता त्रुटीहरु पनि भेटिएको छ । बैंकलाई नेपाल राष्ट्र बैंकले गतवर्ष पुष १० गते समस्याग्रस्त घोषणा गरेको थियो । हाल बैंकमा भएको अनियमितता र घोटालाका विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत अनुसन्धान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी