×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्बौंको धनसम्पत्ति लुकाएको हुनसक्ने आशंकापछि आरजुका बा-आमा बस्ने घरमा पनि प्रहरीको छापा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अर्बौंको धनसम्पत्ति लुकाएको हुनसक्ने आशंकापछि आरजुका बा-आमा बस्ने घरमा पनि प्रहरीको छापा

Artha Sarokar

१३ आश्विन २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाको बाआमा बस्ने घरमा पछि छापा हानेको छ । 

सीआईबीको टोलीले आरजुका बाआमा बस्ने ललितपुरको जावलाखेलस्थित घरमा छापा हानेको सीआईबी स्रोतले पुष्टि गरेको छ । 

आरजुको बाआमा बस्ने घरमा छापा हानेको सीआईबीको टोलीले केही कागजात नियन्त्रणमा लिएको स्रोतले बताएको छ । तर, कागजात के सम्बन्धी हुन ? भन्ने खुलाइएको छैन । 

यसअघि सीआईबीले आरजुका भाइ भूषणको घरमा पनि छापा हानेको थियो । लगत्तै उनको बाआमा बस्ने घरमा पनि सीआईबीले छापा हानेको हो । अर्बौंको धनसम्पत्ति लुकाएको आशंकापछि घरमा छापा हानेको स्रोतले बताएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी