×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विपदमा पनि इसेवाको बदमासी: क्यान्सिल भएको हवाई टिकटको पैसा ४ दिनसम्म होल्ड, ग्राहक भन्छन्- ‘दादागिरी हद भो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विपदमा पनि इसेवाको बदमासी: क्यान्सिल भएको हवाई टिकटको पैसा ४ दिनसम्म होल्ड, ग्राहक भन्छन्- ‘दादागिरी हद भो’

Artha Sarokar

२२ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । विवादै विवादको चाङ्गमाथि उभिएको इसेवाले विपदका बेलामा आफ्ना ग्राहकलाई हदैसम्म दुख दिएको पाइएको छ ।  क्यान्सिल भएको हवाई टिकटको पैसा लामो समय होल्ड राखेर इसेवाले ग्राहकलाई दुःख दिने गरेको पाइएको हो । टिकट क्यान्सिल भएको २४ घण्टाभित्र पैसा फिर्ता गर्ने दाबी गर्ने इसेवाले ग्राहकको पैसा निकै दिनसम्म होल्ड गरेर दुःख दिएको पाइएको हो ।

पछिल्लो घटना सविस्तार
असोज १८ गते (शनिबार) एक ग्राहकले इसेवाबाट काठमाडौँ-पोखराको टिकट काटे । उनले सो दिन काठमाडौँ-पोखराको टिकटका लागि ४ हजार ३ सय ९६ रुपैयाँ तिरे । 

देशभर भारी वर्षाका कारण बाढी/पहिरोजस्ता विपदको उच्च जोखिम देखेपछि सरकारले सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गर्यो र सोही निर्णय अनुसार सबै आन्तरिक उडान बन्द गरियो । टिकट काटिसकेका यात्रुहरुको टिकट क्यान्सिल गरियो । 

तर, टिकट क्यान्सिल भएको चार दिनसम्म पनि इसेवाले ग्राहकको पैसा फिर्ता गरेन । बरु उल्टै अझै तीन दिन लाग्ने भन्दै ग्राहकलाई तुजुक देखायो । ‘सुरुमा इसेवाले २४ घण्टामा पैसा फिर्ता हुन्छ भनेको थियो ।’, उनले भने, ‘तर तीन दिन बितिसक्दा पनि पैसा फिर्ता आएन । फेरि फोन गर्दा अझै तीन दिन लाग्छ भन्दै झुलाए ।’

इसेवाको मनपरीका कारण ग्राहकको समयसमेत खेर गएको छ । काम गर्नुपर्ने बेलामा इसेवालाई फोन गर्नुपरेको छ । यता इसेवाले भने आफुहरुले गुणस्तर सेवा दिने गरेको हास्यास्पद जवाफ दिँदै आएको छ ।

यस्ता घटना बग्रेल्ती देखिएका छन् । इसेवाले टिकट क्यान्सिल भएपछि ग्राहकको पैसा होल्ड गरेको यो पहिलो पटक त होइन नै, इसेवाको बदमासीले ग्राहक रुवाएको पनि यो पहिलो घटना होइन । केहि समयअघि मात्र इसेवाबाट टिकट काटेका ग्राहकले एयरपोर्ट पुगेपछि टिकट नै रद्ध भएको जानकारी पाएका थिए ।   

जगदीश खड्का नेतृत्वपछि विवादै विवाद 
जगदीश खड्का सीइओ नहुँदासम्म इसेवा निकै राम्रोसँग चलिरहेको थियो । कहिलेकाहीं मात्र समस्या देखिन्थे । तर उनको नेतृत्वपछि इसेवामा महिनामा ३ चोटीसम्म बिग्रन थाल्यो । इसेवा यति धेरै बिग्रन थाल्यो कि अव त इसेवाले समस्या आएको र समाधन भएको जानकारीसमेत दिन छाडेको छ । 

‘समस्या आयो भनेर कति भन्ने ? गाली मात्र आउँछ सोसल मिडियामा । त्यसैले समस्या आयो भन्नै छोडियो ।’ इसेवाको फाइनान्स विभागमा काम गरिरहेका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘इसेवामा समस्या आयो भन्नु र मलाई दिउँसो भोक लाग्यो भन्नु उस्तै भईसक्यो, नियमित जस्तै । समाधान भयो भनेर सूचना हालेको एक हप्तापछि फेरी बिग्रिन थालेपछि के गर्ने ? कसरी समाधान भयो भनेर भन्ने ? निकै झ्याउँ भएपछि आजकल इसेवा बिग्रिंदा पनि न इसेवा बिग्रेको नोटिस हाल्ने गरिएको छ, न समाधान भयो भन्ने ।’

इसेवामा पैसा होल्ड भएका गुनासा त आफुहरुलाई सामान्य भईसकेको ती अधिकारीहरुको तर्क छ । ‘पैसा होल्ड भयो, भुक्तानी भएन भन्ने कुरा त सामान्य हो अव इसेवाका लागि । यहाँ त क्लाईण्टको बिल नै हराउने, इसेवाको डाटाको सुरक्षा नै के हो के हो जस्तो हुने, ठुलो दुर्घटनामा कहिले परिने हो भन्ने चिन्ता भईसक्यो । जगदीश दाई रहुन्जेल इसेवा सुध्रने छाँट छैन ।’

यता जगदीश खड्कालाई यस विषयमा कुराकानी गर्न सम्पर्क गर्दा उनी सम्पर्कमै आएनन् । यसअघि पनि उनी सम्पर्कमा नआउने गरेका थिए । इसेवाको ब्राण्ड बिगारेको अपजश भोगिरहेका उनी भने छिट्टै इसेवा छोडेर अर्को कम्पनीमा काम गर्न जान लागेको र यो कुरा ‘लिक’ भएपछि उनले अर्को कम्पनीमा समय सार्दै गरेको बुझिएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी