×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थमन्त्री र कुलमानको पनि सम्पत्ति छानबिन गरौँ’- महेश बस्नेत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘अर्थमन्त्री र कुलमानको पनि सम्पत्ति छानबिन गरौँ’- महेश बस्नेत

Artha Sarokar

२२ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एमाले नेता महेश बस्नेतले अर्थमन्त्री रामेश्वर खनालको पनि सम्पत्ति छानबिन गर्न माग गरेका छन् । च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले यस्तो माग गरेका हुन् । 

उनले केपी ओली र एमाले नेताको छानबिन गर्ने विषय उठिरहेका बेला पूर्व अर्थसचिव (हालका अर्थमन्त्री) खनालको सम्पत्ति किन छानविन नगर्ने ? भन्दै प्रश्न गरेका छन् । उनले अर्थमन्त्रीबाटै छानविन सुरु गर्न पनि माग गरेका छन् ।

त्यस्तै, उनले उर्जामन्त्री कुलमान घिसिङका विषयमा पनि प्रश्नहरु उठेको र उनीविरुद्ध अख्तियार, सम्पत्ति शुद्धिकरण र संसदीय समितिमा दर्जनौँ मुद्दा भएको दाबी गर्दै छानविन गर्नुपर्ने पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी