×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रत्येक जेन-जी सहिद परिवारका एक जनालाई चौधरी ग्रुपले रोजगारी दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रत्येक जेन-जी सहिद परिवारका एक जनालाई चौधरी ग्रुपले रोजगारी दिने

Artha Sarokar

२२ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चौधरी समूह (सिजी ग्रुप)ले जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदका परिवारलाई रोजगारी दिने भएको छ । सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन् ।

उनले सो पोष्टमार्फत जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेका छन् । 

चौधरीले सहिद परिवारका एकजनालाई रोजगारी दिने घोषणा गर्दै उक्त घोषणा आफूहरुको बाचा मात्र नभएर गहिरो कर्तव्य र श्रद्धा भएको पनि बताएका छन् । त्यसका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसुदन पौड्याललाई (९८५१२२४०००) मा सम्पर्क गर्न पनि सिजीले अनुरोध गरेको छ । 

‘आन्दोलनका शहीदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रद्धाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान व्यक्त गर्दछौँ । उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ । यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ ।’, उनले लेखेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी