काठमाडौँ । सेयर बजारका लगानीकर्ता शिवचन्द्रले कार्यदलका सुझाव कार्यान्वयन भए सेयर बजारमा भि-सेप रिकभरी देख्न सकिने बताएका छन् ।
सामाजिक सञ्जाल (फेसबुक)मा पोष्ट गर्दै लगानीकर्ता शिवचन्द्रले कार्यदलले समाचारमा आए अनुसार सुझाव दिएकै हो र उक्त सुझावहरु तुरुन्त कार्यान्वयनमा ल्याउने हो भने छोटो समयमै सेयर बजारमा भि-सेप रिकभरी देख्न सकिने बताएका छन् ।
उनले कार्यदलले दिएका सुझावहरु जायज रहेको भन्दै धेरै सुझावहरु यसअघि परिस्थिति सहज हुँदा कडा गरिएका नीति भएकाले अहिलेको असहज परिस्थितिमा यथाशक्य छिटो खुकुलो गर्नुको विकल्प नभएको पनि बताएका छन् ।
त्यस्तै, विगतमा कडा गरिएका नीतिहरु अहिलेको अवस्थामा पनि खोलिए भने कहिले खोल्ने ? भन्दै सरकारलाई प्रश्नसमेत गरेका छन् ।