काठमाडौँ । बिहीबार सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।
व्यक्तिगत सेयर धितो कर्जामा लगाइएको २५ करोडको क्याप हटेसँगै बजार फर्किएको लगानीकर्ताको दाबी छ ।
अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा नेपाल राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गर्दै सेयर धितो कर्जामा लगाइएको २५ करोडको क्याप हटाएको थियो । सो निर्णयले लगानीकर्ताको मनोबल बढाउँदा बजारमा पोजेटिभ सर्किट लागेको सेयर लगानीकर्ताको भनाई छ ।
लामो समयपछि बजारमा पोजेटिभ सर्किट लागेपछि लगानीकर्ता उत्साहित बनेका छन् । कतिपयले अब बजारमा भि–सेप रिकभरी देख्न पाइने दाबीसमेत गरेका छन् ।