काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई खुला च्यालेन्ज गरेका छन् । गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो च्यालेन्ज गरेका हुन् ।
उनले आफ्नो सम्पत्ति छानबिन एकपटक नभएर, १० पटक गरे हुन्छ भन्दै च्यालेन्ज गरेका छन् ।
त्यस्तै, ओलीले संसद विघटन असंवैधानिक भएको पनि बताएका छन् । उनले अहिलेको संसद विघटन असंवैधानिक भएको भन्दै आफूहरु संसद पुनर्स्थापनाको मागसहित अदालत जाने पनि बताएका छन् ।