काठमाडौँ । स्नातक तह दोस्रो वर्षको आंशिक र मौका परीक्षा फेरि हुने भएको छ । त्रिभुवन विश्वविद्यालयका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जलेपछि परीक्षा फेरि हुने भएको हो ।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ६ सय ५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेपछि परीक्षा फेरि हुने भएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।
तर, परीक्षा कहिले हुन्छ ? भने टुंगो लागिसकेको छैन । सूचना जारी गरेर परीक्षाको मिति सार्वजनिक गरिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उत्तरपुस्तिकाहरु प्रहरी चौकीमा राखिएको थियो । चौकीमै आगजनी गरिएपछि चौकीसँगै उत्तरपुस्तिका पनि जलेका थिए ।