×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिइभिटीका १४ हजार ७ सय उत्तरपुस्तिका जलेर नष्ट, पुनः परीक्षा लिने तयारी, विद्यार्थी भन्छन्- ‘दिन्नौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिटिइभिटीका १४ हजार ७ सय उत्तरपुस्तिका जलेर नष्ट, पुनः परीक्षा लिने तयारी, विद्यार्थी भन्छन्- ‘दिन्नौँ’

Artha Sarokar

२४ आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेन-जी आन्दोलनमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)का १४ हजार ७ सय उत्तरपुस्तिका जलेको पाइएको छ । सिटिइभिटीका अनुसार डिप्लोमा, प्रि-डिप्लोमा र प्रमाणपत्र तहका परीक्षाको उत्तरपुस्तिका जलेका हुन् ।

सुरक्षाका लागि प्रहरीका कार्यालयमा राखिएका उत्तरपुस्तिका प्रहरी कार्यालयमै आगजनी हुँदा जलेको सिटिइभिटीले जनाएको छ ।

आन्दोलनका क्रममा कोशी प्रदेशका ५ वटा र बागमती प्रदेशका १८ वटा परीक्षा केन्द्रहरुको उत्तरपुस्तिका जलेको सिटिइभिटीका प्रवक्ता टैलेन्द्र आचार्यले बताए । उनका अनुसार कोशीका पाँच केन्द्रको उत्तर पुस्तिका नियमिततर्फ १ हजार ९ सय ३७ र आंशिकतर्फ १ हजार  सय ५० वटा उत्तरपुस्तिका जलेका छन् ।

त्यस्तै, बागमती प्रदेशका १८ वटा केन्द्रका ११ हजार २ सय ३ वटा उत्तरपुस्तिका जलेका छन् । उत्तरपुस्तिका नै जलेर नष्ट भएपछि सिटिइभिटीले पुनः परीक्षा लिने तयारी गरेको छ । सिटिइभिटीले मंसिर ४ गतेदेखि पुनः परीक्षा गर्ने सूचना समेत जारी गरिसकेको छ । तर, विद्यार्थीहरुले भने पुनः परीक्षा लिने निर्णयबाट पछि हट्न दबाब दिइरहेका छन् ।

विद्यार्थीहरुले उत्तरपुस्तिका सुरक्षित गर्न नसक्नु आफूहरुको कमजोरी नभएको र फेरि पढेर परीक्षा दिने समय पनि नभएको भन्दै विद्यार्थीहरुले परीक्षा लिने निर्णयबाट पछि हट्न माग गरिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी