×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकद्वारा अनलाईन भुक्तानी गेटवे सेवा सुचारु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकद्वारा अनलाईन भुक्तानी गेटवे सेवा सुचारु

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंकले कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सेवा सुचारु गरेको छ । डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी ‘साईवरसोर्स इन्क’को गेटवे प्रणाली नेपालमा भित्र्याएको हो ।

यो सेवासँगै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु भएको बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डले बताए ।
अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी भिषाको प्रमुख लगानी रहेको ‘साईवरसोर्स इन्क’ को गेटवे प्रणाली यस बैंकले नेपालमा पहिलो पटक ल्याएको उनले बताए । अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको यो गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्व जगतमा प्रतिष्ठित रहेको बैंकको भनाई छ ।
यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यस सुविधाले विशेषगरी अनलाइन प्लेटफर्ममा आधारित इकमर्श, ट्राभल एण्ड टूर्स, हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकला लगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ ।
सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई टेवा पुर्याउदै बैंक आफ्नो डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन रणनीति अन्तर्गत विभिन्न डिजिटल प्रविधि र सेवा प्रदान गर्दै अग्रपंक्तमा रहिआएको बैंकको भनाई छ । बैंकले निकट भविष्यमै मास्टर कार्ड र यूनियनपे लगायतका कार्डमार्फत समेत कारोबार गर्न सकिने तयारी गरिरहेको जनाएको छ ।
डिजिटल फस्ट बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीति अनुरूप ग्राहक महानुभावहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो । गत आर्थिक वर्षमा बैंकले डिजिटल बैंकिङ्गतर्फ पनि उल्लेखनीय उपलब्धी हासिल गरेको छ ।
यस बैंकले आ. व. २०७६/७७ मा डेबिट कार्डमा २ लाख ३७ हजारले प्रयोगकर्तामा वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब ३९ प्रतिशत सहित कुल ८ लाख ६६ हजार पु¥याउन सफल भएको छ । साथै मोबाइल बैंकिङ्गमा ३ लाख १४ हजारले वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १२ प्रतिशत सहित कुल १२ लाख १ हजार पु¥याउन सफल भएको छ । त्यसैगरी इन्टरनेट बैंकिङ्गतर्फ १२ हजारको वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १४ प्रतिशत सहित कुल १ लाख १२ हजार प्रयोगकर्ताहरू पु¥याउन बैंक सफल भएको छ । साथै बैंकले १५ हजार भन्दा बढी क्विआर मर्चेन्ट्स र करिब ४ हजार पोओएस मर्चेन्ट्स मार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी