काठमाडौँ । काँग्रेस सभापति शेर बहादुर देउवाले भदौ २४ गते इतिहासकै डरलाग्दो दिन भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दे देउवाले भदौ २४ गते नेपालको इतिहासमै एउटा डरलाग्दो दिनका रुपमा लिपिबद्ध हुने बताएका हुन् ।
जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते देउवा निवासमा तोडफोड र आगजनीसँगै देउवा दम्पत्तिमाथि कुटपिटसमेत भएको थियो । सोही दिनको सम्झना गर्दै देउवाले बैठकमा भदौ २४ गते इतिहासकै डरलाग्दो दिन भएको बताएका छन् ।
त्यस्तै, देउवाले जेन-जी आन्दोलनमा घुसपैठ हुँदा आन्दोलनले अर्कै रुप लिएको बताएका छन् ।