Skip to content
LAXMI SUNRISE BANK

पेट्रोलको मूल्य दुई रुपैयाँले घट्यो, डिजेलको मूल्य यथावत्

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएको छ । पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दै निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

निगमका अनुसार नयाँ मूल्य बिहीबार (आज) बिहानदेखि लागू भएको छ । 

मूल्य घटेपछि अब पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) का उपभोक्ताले प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । दोस्रो वर्ग (सुर्खेतदाङ) का लागि मूल्य १६० रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) का लागि १६१ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले पेट्रोलको मूल्य घटाए पनि डिजेल र मट्टीतेलको दरमा कुनै परिवर्तन गरेको छैन । यसपटक भने डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK