काठमाडौँ । हायात होटल अनिश्चितकालका लागि बन्द भएपछि होटल संचालक कम्पनी तारागाउँ रिजेन्सी (TRH) को सेयर भाउ ह्वात्तै घटेको छ । जेनजी आन्दोलनलाई देखाउँदै होटल अनिश्चितकालका लागि बन्द भएपछि बजारमा कम्पनीको सेयर भाउ ह्वात्तै घटेको हो ।
तिहार अघि बजार बन्द हुनु अगाडी ७९६ मा कारोबार भएको कम्पनीको सेयर आइतबार प्रति कित्ता ५७ अंकले घटेर ७३९ रुपैयाँमा झरेको छ ।
मर्मतपछि होटल पुनः सञ्चालन हुने वा नहुनेबारे व्यवस्थापनले केही खुलाएको छैन । सरकारले भने यसबारे चासो जनाएको छ ।
होटलका मानव संसाधन निर्देशक मोहम्मद यूसुफ यानीले जारी गरेको सूचनामा मर्मत तथा पुनर्निर्माणको जोखिम र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल अस्थायी रूपमा बन्द गरिएको उल्लेख गरिएको छ ।
सूचनामा होटलका क्रियाशील ट्रेड युनियनसँग छलफल भई श्रमिकहरूलाई अर्को सूचना नआएसम्म होटल परिसरमा नआउन अनुरोध गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्