Skip to content
LAXMI SUNRISE BANK

आन्तरिक विवादपछि गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले दिए राजीनामा, तर भने ‘व्यक्तिगत कारण’, खापुङ नयाँ अध्यक्ष चयन

अर्थ सरोकार

काठमाडौं । आन्तरिक विवादले ग्रस्त बनेको गोर्खाज फाइनान्स लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ । संचालक समितिमा तिब्र विवाद भएपछि अध्यक्ष गौरव बुढाथोकीले अध्यक्ष र सञ्चालक दुवै पदबाट राजीनामा दिएका छन्। यद्यपी उनले आफ्नो राजिनामामा व्यक्तिगत कारण भनेका छन् ।

बुढाथोकीको राजीनामापछि फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले कल्पना खापुङलाई सर्वसम्मत रुपमा नयाँ अध्यक्षमा चयन गरेको छ।

फाइनान्सकी सञ्चालक नीलम बोहराले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी छन् । उनको राजीनामा सोही बैठकले स्वीकृत गरेको फाइनान्सले जनाएको छ । बोहोरा पनि फाइनान्समा भएको विवादले वाक्क भईसकेको बताउँदै आएकी थिइन् ।

सञ्चालक समितिमा हाल नयाँ सदस्य चयनबारे तयारी भइरहेको फाइनान्सले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK