काठमाडौँ । ट्यांकरबाट पेट्रोलियम पदार्थ चोर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ट्यांकर चालक र पेट्रोल पम्पमा काम गर्ने तीन जना रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमबाट पेट्रोलयम पदार्थ लोड गरेर थानकोट डिपो आउँदै गरेको ना ४ ख ९३७७ नम्बरको ट्यांकरबाट पेट्रोलयम पदार्थ चोरी गरेको अभियोगमा पक्राउ गरिएको हो ।
उनीहरुले मकवानपुरको मनहरी गाउँपालिका-८ स्थित जय शिव शरणम् फ्युल सेन्टरमा अवैध रुपमा पेट्रोल झिकिरहेका थिए । अवैध रुपम पेट्रोल झिकिरहेको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













