काठमाडौँ । एनआईसी एशिया बैंकले आधार दर (बेस रेट)मा नै सेयर कर्जा दिने भएको छ । ‘एनआईसी एशिया सेयर लोन’ योजना सार्वजनिक गर्दै बैंकले आधार दरमा नै सेयर कर्जा दिने जनाएको हो ।
‘सेयर तपाईंको, साथ हाम्रो’ भन्ने नारासहित सुरु गरेको उक्त योजना अन्तर्गत आधार दरमा कुनै पनि प्रिमियम नजोडी सेयर कर्जा दिइने बैंकले जनाएको छ ।
यसो त बैंक तथा वित्तीय संस्थाले आधार दरमा ग्राहक र जोखिम अनुसार प्रिमियम थप गरेर कर्जा प्रवाह गर्छन् । तर, एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सेयर लोन’ योजनामा आधार दरमा कुनै पनि प्रिमियम नजोडी सेयर कर्जा दिने जनाएको छ ।
उक्त योजना अन्तर्गत आधार दरमै सेयर कर्जा दिइने भए पनि केही सर्तहरु भने लागू हुने बैंकले जनाएको छ ।













