काठमाडौँ । सानिमा बैंक लिमिटेडले इन्टरनेट बैंकिङ सेवा सधैंका लागि बन्द गर्ने निर्णय गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
बैंकले आफ्नो इन्टरनेट बैंकिङ्ग सेवा २०८२ मंसिर १४ गतेदेखि स्थायी रूपमा बन्द गर्ने निर्णय गरेको हो ।
इन्टरनेट बैंकिङ बन्द भए पनि मोबाइल बैंकिङ सेवा भने सञ्चालनमा रहने बैंकले जनाएको छ । इन्टरनेट बैंकिङ सेवा बन्द हुँदा हुन सक्ने असुविधाप्रति बैंकले दु:ख प्रकट गरेको छ ।














