×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा कोरोनाका १०३ नयाँ संक्रमित फेला

LAXMI SUNRISE BANK

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा कोरोनाका १०३ नयाँ संक्रमित फेला

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा कोरोनाका १०३ नयाँ संक्रमित फेला परेका छन् । शुक्रबार दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार दक्षिण कोरियामा अप्रिल १ पछि पहिलोपटक एकसयभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये ८५ जनामा स्थानीय संक्रमण देखिएको हो भने थप १८ जना आयातित हुन् ।
दक्षिण कोरियाले अगष्ट १७ देखि लागु हुने गरी विदेशी संक्रमितका लागि नयाँ नियम ल्याएको छ । दक्षिण कोरियाको कोरोनाविरुद्धको नियम पालना नगर्ने विदेशी संक्रमितले उपचारको सबै खर्च स्वयंले बेहोर्नुपर्ने नियम ल्याएको छ । अहिलेसम्म दक्षिण कोरियामा कोरोना भाइरसका १४ हजार ८७३ संक्रमित फेला परिसकेका छन् भने ३०५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी