Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंक प्रकरणको ‘टाइमलाइन’ : सोमबार दिनभर के के भयो ? 

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंकका उच्च पदस्तहरु पक्राउ परेपछि यतिबेला बैंकिङ क्षेत्र तरंगित छ । अन्य बैंकका सीइओहरु पनि आफु पनि फसिने हो कि भन्ने पीरमा छन् । बैंकका सीइओहरु नै पक्राउ परेपछि बैंक कसरी चलिरहेको छ त ? दिनभर के के भयो त ? आउनुहोस् टाइमलाइनमा हेरौँ ।

विहान ८ बजे : विहान ८ बजे प्रभु बैंकमा डिपार्टमेन्ट हेडहरुको बैठक राखिएको थियो । सवा ८ बजे तिर बैठक सुरु भयो । बैठकमा सिनियर कर्मचारीहरुले आआफ्नो ब्रिफिङ गरे । सिनियर कर्मचारीहरु कोहि आत्तिएका थिए, कोहि ‘सब बिस्तारै ठिक हुन्छ’ भन्दै थिए । बैठकपछि पनि नयाँ सीइओ निरज लम्साल भने हतासमा देखिन्थे । बैठकमा सहभागी एक सिनियर कर्मचारीका अनुसार लम्साल विभिन्न प्रकरणमा मुछिएका कारण फस्ने पीरमा थिए । विशेषगरी मणिराम पोखरेलले आफ्नो नाम पोल्न सक्ने विषयले उनलाई पिरोलेको थियो ।

विहान ११ बजे : डिपोजिट, र विथड्र मनिटररिङका लागि कार्य बहाक सीइओले दिएको निर्देशन अनुसार कर्मचारीहरु आआफ्नो काममा खटिए । बैंकमा विथड्र निकै बढ्ने हो कि भन्ने पीर थियो । तर स्थिति त्यस्तो भएन, देखिएन । यहि ब्रिफिङ कर्मचारीले सम्बन्धित ठाउँमा गरे ।

मध्यान्ह १२ बजे : नयाँ सीइओ निरज लम्सालले बैंकका केहि सिनियर कर्मचारीहरुलाई छुट्टै भेटे । पछिल्लो अपडेटबारे जानकारी लिए । सीआईबीतिरको अपडेट लिए । आफु पनि पक्राउ पर्न सक्ने पीरले उनले कानुनी परामर्श पनि गरे ।

दिउँसो १ बजे : बैंकका अध्यक्षले पनि विभिन्न खाले भेट गरे । उनले बैंकका केहि सिनियर कर्मचारीसँग गफ गरे । सीआईबीमा पछिल्लो अपडेटबारे बुझे ।

दिउँसो ३ बजे : दिउँसो ३ बजे पनि बैंकको केन्द्रीय कार्यालयमा बैठक राखिएको थियो । तर, राष्ट्र बैंकले एकाएक बोलाएपछि सो बैठक स्थगित भयो । बैंकका अध्यक्ष राष्ट्र बैंक गए ।

दिउँसो ४ बजे : अनुसन्धानका लागि सीआईबीले अदालतबाट ५ दिनको म्याद थप गरेर लियो ।

बेलुकी सवा ५ बजे : बोर्डसँग व्यवस्थापनको बैठक सुरु भयो । बोर्ड बैठकमा बैंकका अध्यक्षले घटनाक्रमका बारे ब्रिफिङ गरे । सबैलाई सीइओसँग ‘कोअर्डिनेट’ गर्न भने । बैंकका सीइओ लगायतका कर्मचारीहरु सफाई पाएर आउने विश्वास व्यक्त गरे । बैंकका धेरै सूचनाहरु मिडियामा गईरहेको विषयमा आफु सचेत भएको तर्क प्रस्तुत गरे ।

बेलुकी ८ बजे : राष्ट्र बैंकका अधिकारीहरुले प्रभु बैंकका अध्यक्षसँग पुन: कुरा गरे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK