- अर्थ सरोकार सम्बाददाता
बर्दिया । बर्दियाको ढैयाताल गाउँपालिकास्थित सिटिजन्स बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी भएपछी सो बैंक बन्द गरिएको छ । संक्रमितलाई हाल आइसोलेसनमा पठाइएको छ भने सहकर्मीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।
यस्तै गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी भएपछी बैंक सिल गरिएको छ भने बैंकमा कार्यरत अन्य कर्मचारीहरुलाई क्वारेन्टाइन पठाइएको छ ।
दुवै बैंकका शाखाहरु बन्द हुँदा सेवा प्रभावित भएका छन् ।