×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार झिनो अंकले बढ्यो बजार, कारोबार ९५ करोड १९ लाख माथि

LAXMI SUNRISE BANK

बुधबार झिनो अंकले बढ्यो बजार, कारोबार ९५ करोड १९ लाख माथि

२८ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार १.५१ अंकले बढेर १४२५.३५ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८८ कम्पनीको ३० लाख ३२ हजार ३११ कित्ता सेयर खरिद बिक्री हुँदा ९५ करोड १९ लाख माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार युनाइटेड इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ६ करोड २० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।
यता, बुधबारको कारोबारमा बैंकिङ्ग, होटल्स, निर्जीवन बिमा, म्युनुफक्चार एण्ड प्रोडक्सन, जीवन बिमा र म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै साधना लघुवित्त र घलेम्दी हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै युनियन हाइड्रो र आखुखोलालगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी