
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । प्रदेश १ मा पछिल्लो चार महिनामा ६० हजार बढीको पीसीआर परिक्षण भएको छ । गत २८ चैतयता मंगलबारसम्म ६० हजार ६ सय ८० वटा पीसीआर परिक्षण गरेको हो । जसमध्ये एक हजार पाँचसय ६३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो चार महिनामा प्रदेश १ का ५६ हजार ४ सय १६ र प्रदेश १ बाहिरका जिल्लाका ४ हजार १ सय ७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पीसीआर परीक्षण गरेको छ । परीक्षण गरिएका मध्ये ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा ८ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालामा दैनिक १ हजार ५ सय स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको बताए । प्रदेश १ मा विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर जाँच हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्