×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु

LAXMI SUNRISE BANK

बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु

२८ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ । उपचारका लागि आइसोलेसनमा भर्ना भएकाहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र  कृष्णनगरका २५ वर्षीय प्रदीप तेली रहेका छन् । 
गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ ।
 केही दिनअघि तेली भारतको मुम्बईबाट घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो । तेलीको स्वाबको पीसीआर परीक्षण नभएको र अब गरिने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी