- अर्थ सरोकार सम्बाददाता
रौतहट । रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार (आज) आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टी भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले जानकारी दिए ।
उनका अनुसार साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा एक महिला सहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ । तिन दिनयता रौतहटमा ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।