×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन मास्कमा कालोबजारी गर्ने क्रम, मोरङका एक फार्मेसी संचालक पक्राउ

PRIME CA

रोकिएन मास्कमा कालोबजारी गर्ने क्रम, मोरङका एक फार्मेसी संचालक पक्राउ

१० जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
मोरङ । मास्कमा कालोबजारी गर्ने एक जना पक्राउ परेका छन् । अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका ९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारी शनिबार साँझ मास्कमा कालोबजारी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीले सोही महानगरपालिका ७ कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका ७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा विक्री गरेका थिए । 
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले १ थान सिलिकन फूल फेस मास्क सहित उनलाई फार्मेसीबाटै पक्राउ गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: