Skip to content
LAXMI SUNRISE BANK

सोमबार ५.५४ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५.०० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको ४२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सोमबारको बजारमा एसवाई प्यानलसहित श्रीनगर एग्रीटेकको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।

यता, सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK