×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९ पुग्यो, एकैदिन ४ जनाको मृत्यु

LAXMI SUNRISE BANK

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९ पुग्यो, एकैदिन ४ जनाको मृत्यु

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १ – १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 
मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका – १० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षीय पुरुषको निधन भएको हो ।
यस्तै, बाँकेको कोहलपुर नगरपालिका – २ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा निधन भएको उनले बताए । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् । यस्तै, पर्साको देवयानी -१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी