- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । सोमबारको कारोबारमा संस्थाको १ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २०% बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो । नयाँ नेपाल सारथी लघुवित्तसँग मर्जरमा जाने तयारीमा छ ।