×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बढ्यो बजार : ३७.७४ अंकले बढेको नेप्से १४३०.४१ विन्दुमा, डेढ अर्व माथिको कारोबार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार बढ्यो बजार : ३७.७४ अंकले बढेको नेप्से १४३०.४१ विन्दुमा, डेढ अर्व माथिको कारोबार !

Artha Sarokar

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा बजार ३७.७४ अंकले बढेर १४३०.४१ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८९ कम्पनीको ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५५ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ६ करोड ९२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाईफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको भएको छ ।
यता, सोमबारको कारोबारमा म्युचुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै साधना लघुवित्त र अजोड इन्स्योरेन्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै डिव्यश्वोरी हाइड्रोपावर र युनियन हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी