
- अर्थ सरोकार सम्बाददाता
पोखरा । पोखरा महानगरमा सोमबार २ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । जसमध्ये एकजना पोखरा महानगरकै कर्मचारी हुन् भने अर्का एक जना बागबानी केन्द्रका कर्मचारी हुन् । पोखरा २७ का वडा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय सिल गर्ने तयारीमा महानगर लागेको छ ।
पोखरा मालेपाटनमा रहेको बागबानी केन्द्रका एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । केन्द्रका ३७ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । संक्रमित पुरुष करिब २ हप्ताअघि काठमाडौं गएर फर्किएको पाइएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्