
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ६ जना महिलासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जससँगै पर्सामा कोरोना संक्रमितको कुल संख्या १ हजार ५० पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ पुरुषमा कोरोना संक्रमण भएको छ भने वीरगञ्जको नारायणी अस्पतालको मेडिकल वार्डमा कार्यरत २० वर्षीया युवतीमासमेत कोरोना देखिएको छ । यस्तै मगनुस फर्मामा कार्यरत २ वर्षीय पुरुष र १ वर्षीया महिला छन् ।
पर्साको पोखरिया नगरपालिका-१ का १ पुरुष, पोखरिया अस्पतालमा कार्यरत १ चिकित्सक र २३ वर्षीय पुरुष तथा २२ वर्षीया महिला स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । यस्तै वीरगञ्ज ओम आश्रम श्रीपुरका १ वर्षीय युवक र ज्वरो आएर पीसीआर गराएका वीरगञ्ज-२ छपकैयाका १ पुरुषमा कोरोना पुष्टि भएको छ । वीरगञ्ज रेल्वेरोड बस्ने १ पुरुष, वीरगञ्ज-११ श्रीपुरका २ पुरुष तथा १ महिलामा कोरोना देखिएको छ । वीरगञ्ज-१२ का२ पुरुष र महिला तथा वीरगञ्ज-१६ नगवाका १ पुरुषमा पनि संक्रमण पुष्टी भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्