काठमाडौँ । यो देशमा अहिले सबैभन्दा बढी लोकप्रिय, सबैभन्दा बढी चर्चित, र सबैभन्दा बढी आशा गरिएका कोही नेता छन् भने, निसन्देह तिनी बालेन हुन् । र तिनै बालेन मधेशमा विशाल जनलहरको सभा सम्बोधन गरेर झापा पुग्दैछन् । चुनावले छपक्कै छोपेपछि झापामा आजकल रमाइलो छ । केपी ओलीको किल्लामा पुगेर बालेन, जितको शङ्खघोष गर्ने टार्गेट राखेर चुनावमा होमिएका छन्, यता ओली आफ्नो विरासत जोगाउन तल्लीन हुने नै भए ।
भदौ २३ र २४ को आन्दोलनले सत्ता उल्टिएपछि अपदस्त भएका प्रधानमन्त्री केपी शर्मा ओली र सोही दुई दिनको जेन-जी विद्रोहका शालीन सारथी बालेन्द्र शाहबीच ओली किल्ला झापामा चुनावी लडाई घमासान हुने कुरा पक्का छ । बालेनका पक्षधर भनिरहेका छन्, यसपाली झापाबाटै देशले प्रधानमन्त्री पाउनेछ, तर प्रधानमन्त्री अघिल्लो पटकाको झापाली हुने छैनन् । बरु, झापाका जनताले दिएको जनमतले बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा बसाउनेछ । अनि यता ओलीका समर्थकहरु भनिरहेका छन्, यो ठाउँमा जो आए पनि ओलीले जित्छन् । तीनै समर्थकको बोलीलाई बल पुग्नेगरी ओली झापा पुगेरै भनिरहेका छन्, चुनाव जित्न मलाई गाह्रो छैन, बाहिरका मान्छे हिजो पनि लडेकै हुन्, आज पनि लड्छन्, बरु डेरा खोजिदिउँला ।
तर, ओलीले भनेजस्तै सहज यसपाली झापामा छैन । मधेशमा देखिएको जनलहरले यसको प्रष्ट संकेत गरिसकेको छ । देशभरका नागरिक झापामा बालेन भर्सेस ओलीको महाभिडन्त हेर्न तमतयार भएर बसेका छन् । नेता कार्यकर्ताको ध्यान त्यता जाने नै भयो । अझ पछिल्ला दिनहरुमा बालेनका पक्षमा जे जे सुनिएका छन् झापातिर, जे जे देखिंदैछ झापा तिर, त्यसले झापाको चुनावी सरगर्मी पहिलाजस्तै ठ्याक्कै ओलीको सूर्यछापमा मात्र पर्ने देखिंदैन ।
अव बुझौँ बालेन झापामा किन शक्तिशाली बन्दैछन् ?
१. झापामा बालेन शक्तिशाली बन्नुमा उनको क्रेज, इमेज र काठमाडौँ महानगरमा उनले गरेको योगदान प्रष्ट देखिन्छ । बालेनको क्रेज यतिसम्म छ कि बालेनलाई एक पटक हेर्न नागरिकको विशाल समूह सभामा उर्लिएको छ । उनी यतिसम्म लोकप्रिय छन् कि, उनले बोलेको एक शब्दले देश हल्लाईरहेको छ । उनको एक बाणीले जनताको मन छोएको छ, उनलाई एक पल हेर्न जनता लालायित छन् ।
२. एमाले कांग्रेस, नेकपा, राप्रपा सबै दलका युवाहरु बालेनको समर्थक बनेका छन् । कुनै बेला एमाले भएकाहरु अहिले बालेनमा मदन भण्डारीको झैँ आशा देखिरहेका छन् । काँग्रेस छाडेकाहरु बालेनको आँखामा बिपीका सपना देखिरहेका छन् । जनयुद्धबाट आएको माओवादी नेकपा बनिरहँदा अव समय फेरिएको छ, र सो समयको नेतृत्व बालेनले मात्र गर्न सक्छन् भन्ने निष्कर्षमा माओवादी छोडेकाहरुको छ । र त, के पहाडमा बालेनलाई सुन्नेहरुको लर्को बढेको छ । मधेशमा अवाकी बार, बालेन सरकार भन्ने आवाज चर्को बनेको छ ।
३. मेयर छोडेपछि मधेश पुगेका बालेन शाहको क्रेज देख्दा, ओहो राजनीति भन्न मन लाग्ने खालको देखियो । उनको क्रेज यतिसम्म देखियो कि उनलाई एक पटक हेर्न भनेर स्थानीय नागरिक आफ्नो सबै काम छाडेर उनको भाषण सुन्न गए । अझ मधेशको माटो बुझेका बालेनले मधेशमै बोलिने स्थानीय भाषा बोलेर जनताको मनमा पस्ने प्रयास गरे । बालेनले मैथिली भाषामै भाषण दिएपछि मधेशीहरु थप फ्यान भएका छन् बालेनको । र त झापामै चुनाव लडेपनि अवको प्रधानमन्त्री मधेशले पाउने निष्कर्ष बनाएर उनीहरु बालेनको समर्थन गरिरहेका छन् । यसले झापामा बालेनलाई थप बलियो बनाएको छ ।

३. झापामा बालेनको क्रेज यतिसम्म देखिएको छ कि बालेनलाई चुनावमा प्रचारप्रसारमा सहयोग गर्ने भनेर स्थानीयहरुले जागिरबाट बिदा मागिरहेका छन् । बैंक तथा वित्तीय संस्था, कर्पोरेट र अन्य कार्यालयमा काम गर्नेहरु बालेनकै लागि बिदा मागिरहेका छन् । हाकिम काँग्रेस एमालेका कार्यकर्ता हुँदा कतिपयले बिदा पाएका छैनन् । र पनि बालेनका लागि उनीहरु जागिर नै छाड्न समेत तयार भएका छन् । सायद, राजनीतिमा देखिएको यो अभूतपूर्व क्रेज नेपालमा धेरैपछि देखिएको हो । अझ पछिल्लो पुस्ताका नौजवानहरुमा त सायद पहिलोपटक देखिएको हो ।
४. बालेन शाहको झापामा क्रेज कतिसम्म देखिएको छ भने बालेन शाहलाई झापाका अटो चालकहरुले अचम्मको माया देखाएका छन् । यतिसम्मकि कतिपय अटो चालकहरुले त आफ्नो अटोमा बालेनको प्रचारप्रसारका लागि खटिनेहरुलाई १० दिनसम्म निशुल्क सेवासमेत दिने भएका छन् । घरमा जहान छोराछोरी पाल्न अटो चलाएर मजदुरी गरिरहेका उनीहरु बालेन प्रधानमन्त्री भए अव छोराछोरीहरुलाई विदेश पठाउनुपर्दैन भन्ने आशा देखिरहेका छन् । कतिपयले कसैले नभनी आफ्नो अटोमा, आफ्नो पसलमा, आफ्नो कार्यालयहरुमा बालेनको फोटो र घन्टीको झण्डा राखेका छन् । यस्तो लाग्छ, झापामा त चर्चा मात्र बालेन, बालेन, अनि बालेनको छ ।
५. बालेन चुनावी मैदानमा उत्रिएपछि चुनावप्रतिको युवाको चासो ह्वात्तै बढेर गएको छ । यसअघि राजनीतिमा खासै चासो नराख्नेहरु पनि बालेन शाह नै चुनावमा उठेपछि चुनावमा चासो राख्न थालेका छन् । .अरु बेला झापामा पार्टीका कार्यकर्ताले चन्दा मागेर हैरान भएका व्यवसायीहरु बालेनको पक्षमा लागेको देखिएको छ । विद्यार्थी, शिक्षक, बुद्धिजीवी, सबै बालेन, बालेन भनिरहेका छन् । र त जहाँ बालेन जान्छन्, त्यहाँ ठुलो भीड लाग्ने गरेको छ । बालेन
६. स्थानीय युवाहरुले गरेको एक सर्वेक्षणले झापा–५ मा रास्वपाका बरिष्ट नेता बालेन शाहले भारी मतान्तरले जित्ने दाबी गरेको छ । विदेशमा रहेका युवाहरुले पनि यसपाली बालेनकै जित हुने तथ्यांकहरुको गठजोड निकालिरहेका छन् । आखिर जनताको मनमा बसेपछि त्यो मतबाट भावना उजागर हुन्छ र उम्मेदवार जित्छ । बालेनको पक्षमा जे जस्तो माहोल देखिएको छ, त्यसले यसपाली झापा ५ मा सूर्य उदाउनु अघि नै घन्टी बज्ने सम्भावना देखिरहेका छन् बालेनका समर्थकहरु ।

७. बालेनको चुनाव तयारी फरक र आक्रामक देखिन्छ । टोल टोल, गल्लीगल्लीका एक एक भोटको गन्ती गरेर हिसाब भईरहेको छ । एउटा जुझारु टीम बनाएर प्रचार प्रसारको काम भईरहेको छ । युवाहरु पनि बालेनका कार्यकर्ता बनेर स्वस्फुर्त रुपमा बालेनको पक्षमा माहोल बनाईरहेका छन् । यसले पनि बालेनलाई थप शक्तिशाली बनाएको छ ।
उता केपी ओली पनि झापा पुगेका छन् । स्थानहद फुकुवा भएपछि झापा झरेका उनलाई स्वागत गर्नेहरुको लर्को एयरपोर्टमा यसपटक देखिएको छैन । ठुला सभा गर्ने आँट नै भएन सायद, मान्छेहरु आउँदैनन् भन्ने भयो सायद, झापा पुगेर पनि खास सभा गरेनन् ओलीले । ओली वरपर एयरपोर्टमा देखिएका केहिको अनुहारमा पनि खास चमक छैन ।
यसो त चुनाव र युद्धमा प्रतिद्वन्दीलाई कमजोर देख्नु हुँदैन, बालेनको टीमले पनि देखेको छैन । बर्षौंदेखि केपी ओलीले ठुलो बजेट खन्याएको ठाउँमा बालेनका लागि भोट माग्न कम्ती चुनौतीपूर्ण भने छैन । त्यसमाथि नेकपाबाट रंजित तामाङ्गले पनि राजनीतिमा भिजेका तत्कालीन माओवादीदेखि समाजवादी कम्युनिष्ट युवाहरुको भोट लैजाने पक्का छ । अर्को थ्रेट फ्याक्टरका रुपमा लिईएका हर्कले पूर्वमा सार्है राम्रो माहोल बनाएको सत्यतालाई नकार्न सकिन्न । हर्क र बालेन मिल्ने स्थिति नआउनुको परिणामले पनि बालेनलाई केहि घाटा पक्कै हुनेछ यसपाली ।
झापाका जनताले फेरी केपी ओलीलाई नै अर्को प्रधानमन्त्री बनाउँछन् वा बालेनलाई प्रधानमन्त्री हुनेगरी पठाउँछन्, त्यो हेर्न बाँकी नै छ । तर झापामा देखिएको बालेन क्रेजले युवा शक्तिले भावनामा जितिसक्यो, अव मतमा के हुन्छ, त्यो फागुन २१ गते पछि नै थाहा होला । तर यति चाहिं जरुर भन्न सकिन्छ, यसपटक सके बिजयको उद्घोष नभए पनि सम्मानजनक ध्वनिले झापामा युवाहरुको सपनाको सारथीको जित हुनेछ। बाँकी त नामै त चुनाव, केहि भन्न सकिन्न । पूराना नेताहरुले आफ्नो गडमा बजेटको बाढी उर्लाएर जनमत सुरक्षित गरिरहेका नै हुन्छन् । ओलीलाई कम आक्न भने सकिन्न । तर नतिजा फेरी पनि यसपाली जनताले सोचेअनुसारकै आउनेछ भन्ने बुझ्नेगरी संकेतहरु देखीइरहेका छन् । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्