काठमाडौँ । बाजुरामा पुनः हिमपात भएको छ । गत शुक्रबार पहिलोपटक हिउँदे वर्षासँगै हिमपात भएको थियो । पुनः मंगलबार रातीदेखि वर्षा र बाक्लो हिमपात भएको हो ।
लगातारको मौसम बदलिएपछि वर्षासँगै यहाँका उच्च हिमाली तथा लेकाली भेगहरुमा मंगलबार रातिबाटै वर्षा र हिमपात भएको हो । पुनः वर्षासँगै हिमपात भएपछि यहाँका किसानहरु खुसी भएका छन् । बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू-भागमा वर्षा र हिमपात जारी छ । बाक्लो हिउँ परेसँगै यहाँको जनजीवन निकै कष्टकर बनेको छ । हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा बालबालिका र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् ।
बाक्लो हिमपात भएपछि यहाँका बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढीनन्दा, रानीसैन, सुनन्दा लगायतका अग्ला डाँडापाखा र हिमालहरु सेताम्ये बनेका छन् । वर्षासँगै हिमपात भएपछि सुक्न लागेको गहुँ बालीलाई थप राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
पुनः वर्षासँगै हिमपात हुँदा हिउँदे बालीनालीलाई थप राहत मिलेको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानीले बताए । वर्षासँगै हिमपात हुँदा किसानहरुलाई राहत पुग्नुका साथै सुक्न लागेको गहुँ बाली राम्रोसँग सप्रिने सहानीले बताए । गहुँ बालीसँगै चैतमा लगाउने धान बालीका लागि समेत सहज भएको उनको भनाई छ । बाजुराका उच्च हिमाली तथा लेकाली क्षेत्र अहिले हिउँको घुम्टोमा सजिएको छ। अत्याधिक वर्षा र हिमपात भए पछि वन्यजन्तु समेत चिसोले तलतिर झरेका छन् ।
वर्षासँगै हिमपात भएपछि वन्यजन्तुको चोरी सिकारी बढ्ने भएको छ । हिमपातका कारण चिसोबाट बच्न वन्यजन्तुहरु बेसी झर्न थालेपछी स्थानीयहरुले त्यसको सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । वन्यजन्तुको चोरी, सिकारी नगर्न हुन समेत आग्रह गरिएको छ ।
बाक्लो हिमपातका कारण बाजुराको मार्तडी-कोल्टी सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको पोरखेलेकमा अत्याधिक हिउँ जमेकोले यस सडकखण्डमा चल्ने सवारीसाधन ठप्प बनेका हुन् । हिजो राती देखि सुरु भएको वर्षा र हिमपात अहिलेसम्म जारी छ । हिमपातका कारण विद्युत र टेलिफोन सेवा समेत प्रभावित बनेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्