नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा रहेका घरबास आगामी भदौ १ देखि मात्रै खुल्ने भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को त्रासका कारण बन्द गरिएका यहाँका घरबास आवश्यक सावधानीसहित भदौबाट मात्रै खुल्ने भएका हुन् । करिब चार महिनाको बन्दाबन्दीपछि यही साउन १५ देखि होटल खुला भइसकेको अवस्थामा जिल्लामा सञ्चालित घरबाससमेत खोल्ने तयारी गरिएको होमस्टे एसोसिएसन नेपालका केन्द्रीय महासचिव एवम् अमलटारी मध्यवर्ती सामुदायिक ग्रामीण होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताए । लामो समयदेखि ठप्प रहेको पर्यटकीय गतिविधिलाई घरबास सञ्चालनमा ल्याएपछि पुनः चलायमान बनाउन मद्दत गर्ने मर्दनियाको भनाइ छ ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोट नगरपालिकादेखि विनयी त्रिवेणी गाउँपालिकासम्म नारायणी नदी किनारमा मात्रै ११ सामुदायिक घरबास दर्ता भएर सञ्चालनमा छन् । घरबासे स्वरोजगार हुने माध्यम भएकाले थप परिमार्जन गर्दै सञ्चालन गर्न तयारी भइरहेको होमस्टे एसोसिएसन नवलपुरका अध्यक्ष रिमबहादुर आलेले बताए । साउन १५ पछि केही घरबास खुला गरिएको भए पनि पर्यटकको चहलपहल नहुँदा बाँकी सबै आगामी भदौ १ बाट मात्रै खोल्ने तयारी गरिएको आलेको भनाइ छ ।
देवचुली नगरपालिका १७ को पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष जनकबहादुर महतोले अझै पनि समुदायमा कोरोनाको त्रास कायमै रहेकाले घरबास खोले पनि पर्यटक नआउने हुन् कि भन्ने चिन्ता लागेको बताए । यहाँका घरबासमा आउने अधिकांश पर्यटक सामुदायिक वनमा हात्ती सफारी, जीप सफारी तथा पद यात्राका लागि आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालित यहाँका घरबासेमा आउने पर्यटकहरुले विश्वकै दुर्लभ एकसिङ्गे गैँडा सजिलै अवलोकन गर्न पाउने अमलटारी होमस्टेका अध्यक्ष मर्दनियाको भनाइ छ। -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्