
- अर्थ सरोकार सम्बाददाता
पर्सा । वीरगन्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टी भएको छ। शुक्रबार राति आधा दर्जन अस्पताल चहार्दा उपचार नपाएर वीरगन्ज – २ छपकैयाकी २० वर्षीया विष्णु लामाको मृत्यु भएको थियो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति आफन्तले ट्याम्पुमा राखेर लामालाई उपचारका लागि लिएर जाँदा वीरगन्जका आधा दर्जन निजी अस्पतालले भर्ना नलिएपछि गण्डकस्थित कोभिड अस्थायी अस्पतालमा पुर्याएका थिए । कोभिड अस्पतालमा शनिबार बिहान डेढ बजे पुर्याए पनि उपचारका क्रममा २ बजेतिर उनको मृत्यु भएको हो ।
लामाको स्वाब संकलन गरी पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले आइतबार बिहान दिएको रिपोर्टमा लामाको पनि पीसीआर पोजिटिभ आएको अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए । पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। साउनमा मात्रै पर्सामा १७ जनाको मृत्यु भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्