
- अर्थ सरोकार सम्बाददाता
बाँके। प्रदेश नं-५ की सांसद कृष्णा केसीलाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको पीसीआर ल्यावमा भएको स्वाब परीक्षणमा उहाँलाई कोरोना पुष्टि भएको हो । सांसद केसीले शनिबार राति ९ बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको बताएकी छन् । पछिल्लो समय नेपालगन्जमा प्रहरी, थुनुवा, जनप्रतिनिधी, व्यापारी, पत्रकार लगायतलाई कोरोना देखिएको छ ।
‘पीसीआर जाँचमा कोरोना रिपोर्ट पोजेटिभ आएकोले म सँग एक हप्ता यता नजिकमा रहनु भएका सवैले सेल्फ आइसुलेट तथा पीसीआर जाँच गराउन आग्रह गर्दछु,’ उहाँले भन्नुभएको छ । यसैवीच, बाँकेमा शुक्रवार थप ४९ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको पीसीआर ल्याबमा गरिएको स्वाब परीक्षणमा शुक्रवार थप ४९ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्