
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । आज सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३ गरी १० जनामा कोरोना पुष्टि भएको हो ।
सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ७ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ४ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार कैलालीको जोशीपुर गाउँपालिकाका २५,४५,४५ र ३६ वर्षीय गरी ४ पुरुष, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका १९ र २३ वर्षीय गरी ३ पुरुष, त्यसैगरी कञ्चनपुरकै भीमदत्त नगरपालिकाका –११ का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । कूल ३ सय ७८ जनाको स्वाब परीक्षण गरिएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ र ३ सय ७५ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए। उनका अनुसार केदारस्यू गाउँपालिका–६ का २२, २३ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय १९ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्